सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

यसै क्रममा विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपाल संगको सहकार्यमा बैंकले वीरेन्द्रनगर सुर्खेतमा अवस्थित श्री कृष्ण संस्कृत तथा साधारण मा।वि। मा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ ।

विद्यालयमा आयोजित एक समारोहका बीच बैंकले सहयोग स्वरुप विभिन्न ब्रेल शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको हो । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीहरुले उनीहरुको अध्ययनमा सहजता प्राप्ति होस भन्ने अभिप्रायका साथ बैंकले सो सामग्रीहरु प्रदान गरेको हो ।

सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता यस भच्र्युअल क्रेडिट कार्डमा रहेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार  ०९ : ४९ बजे