सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्यो


काठमाडौँ । सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ । बिहीबार ६०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८१५ रुपैयाँमा कारोबारभइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६३३।६६ अमेरिकी डलर र चाँदी प्रतिऔंस २९।८ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १२ पुस २०८१, शुक्रबार  १० : ५१ बजे