काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । छपावाला सुनको भाउ आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।
यस्तै चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६३६.६१ अमेरिकी डलर र चाँदी प्रतिऔंस २९.५९ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया