काठमाडौँ । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै मंगलबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६३८.४२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.४२ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया