काठमाडौँ । बिहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । बुधबार ५०० रुपैयाँले बढेको सुनको भाउ बिहीबार ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार चाँदी १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६५६.९७ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.०९ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया