शुक्रबार ८०० रुपैयाँले बढ्यो सुनको भाउ


काठमाडौँ । शुक्रबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । बिहीबार ८०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पनि ८०० रुपैयाँले नै बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६७३.१६ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.२१ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार  १० : ४८ बजे