आरएसडिसी लघुवित्तको खुद नाफा ४ करोड ४१ लाख , यस्तो छ अन्य वित्तीय विवरण


काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमाससम्ममा लघुवित्तले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६।२५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी ८.११ प्रतिशत घटेर ११ करोड २१ लाख १६ हजार रुपैयाँमा सिमित भएको छ भने खुद फि तथा कमिशन आम्दानी ७४.९१ प्रतिशतले घटेर २० लाख ३३ हजार रुपैयाँमा झरेको छ।

त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १२.२७ प्रतिशतले घटेर ११ करोड ४१ लाख ५० हजार रुपैयाँमा सिमित भएको छ । यता, लघुवित्तको सञ्चालन मुनाफा ३४.६८ प्रतिशतले घटेर ६ करोड ४६ लाख ६९ हजारमा सिमित भएको छ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ। जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ४१ लाख रुपैयाँबाट बढेर २ करोड ६० लाख रुपैयाँ पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ६७ लाख रुपैयाँ रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ५८ पैसा घटेर ९ रुपैयाँ ३६ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७१.६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा रहेको छ। पुस मसान्तसम्ममा लघुवित्तले ६ अर्ब १२ करोड ७३ लाख रुपैयाँ सापटीबाट ६ अर्ब ५० करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्ता पूँजी ९४ करोड ४३ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ३० करोड ४९ लाख रुपैयाँ सञ्चित छ ।

प्रकाशित मिति: ६ माघ २०८१, आइतबार  ०७ : ०९ बजे