बढ्यो नेप्से, बोटलर्स नेपाल बालाजुको शेयरमा सकारात्मक सर्किट


काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १२.५८ अंक बढेर २६०१.२१ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से आज भने सामान्य अंक बढेर बन्द भएको हो।

आज १७१ कम्पनीको सेयरमूल्य बढ्दा ६४ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । आइतबार सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३२५ स्टकको ७२ हजार ५४० पटकको कारोबारमा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ९३ करोडको शेयर खरिदबिक्री भएको थियो ।

आज १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। आज बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सो कम्पनीको शेयरमूल्य यस दिन १ हजार ६३९ रुपैयाँ बढेर १८ हजार २९ रुपैयाँ पुगेको छ । त्यस्तै, आज सुपर मादी हाइड्रोपावरको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । उक्त कम्पनीको सेयर आज १० प्रतिशतले घटेर १ हजार ४७६ रुपैयाँमा सीमित भएको छ।

आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति: ६ माघ २०८१, आइतबार  १५ : २६ बजे