हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशत अर्थात २१ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।इन्स्योरेन्सको माघ २९ गते दिउसो बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुने छ।

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार  १० : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।