एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला पाँचथरर र ताप्लेजुङमा शाखा बिस्तार गरेको छ । उक्त क्षेत्रका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ शाखाहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औँ र फुङ्लिङ्ग नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्धघाटन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ । एभरेष्ट बैंकका शाखाहरुको उद्घघाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रिय स्थरको अत्याधुनिक बैंकीङ्ग सेवाहरू प्राप्त गर्ने पनि बैंकले जनाएको छ ।
आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तिय पहुँचबाट बाहिर रहेका अन्य स्थनमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको बैंकले करिब १४ लाख सेवाग्राहीलाईे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ वटा एटीएम, मोबाइल, इन्टरनेट र एसएसएमएस बंैकिङ्ग सेवा दिँदै आएको छ । नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया