ललितपुरको हरिसिद्धीमा सिटिजन्स बैंकको शाखा


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको हरिसिद्धीमा १९९औं शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा बिस्तारसँगैै काठमाडांै उपत्यका भित्र बैंकको ४० वटा शाखाहरु र वाग्मती प्रदेशमा ५६ वटा शाखाहरु संचालनमा रहेको बैंकले जनाएको छ ।

हरिसिद्धीमा आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको सुरुवात गरे । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले ग्राहकहरुलाई सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पु¥याँउदै उनीहरुको विश्वास र समर्थन समेटेर बैंक यहाँसम्म आइपुगेको बताए ।

सुविधा सम्पन्न यो शाखा मार्पmत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निशुुल्क प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । डि(म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था गरेको बैंकले लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो बर्ष लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराउनेछ ।

विश्वकै प्रतिष्ठित अवार्ड ूबैंक अफ द ईयर २०२४ूको उपाधि प्राप्त गर्न सफल बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड”९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको थियो । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सेवा सुरु गरेको बैंकले ६० जिल्लामा फैलिएका १९९ वटा शाखा, १६४ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: ११ फागुन २०८१, आइतबार  १७ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।