शुक्रबार प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको भाउ


काठमाडौँ । शुक्रबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको छ । बुधबार रेकर्ड बनाएको सुनको भाउ बिहीबार स्थिर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज एक तोला चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक तोला चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तरराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३० .९५ अमेरिकी डलर र चाँदी ३३.१९ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ८ चैत २०८१, शुक्रबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।