सबैलाई टुकुचामा गाडिदिन्छु : बालेन


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना कर्मचारीले तलब नपाएको भन्दै सबैलाई टुकुचामा गाड्ने चेतावनी दिएका छन् ।

सरकारको दम्भका कारण महानगरका सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि तलब नपाएको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् । उनले आक्रोशित शैलीमा अबको एक हप्तामा सरकारले तलबको व्यवस्था गनुपर्ने माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु । त्योपछि हेरौँला तिमीहरूको के–के तन्त्र हो !”

 

प्रकाशित मिति: १२ चैत २०८१, मंगलबार  ०६ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।