काठमाडौँ । ट्रेड टावर लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले ३९ करोड ७१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गर्ने भएको हो ।
कम्पनीले २०७९ असार १४ गते धितोपत्र बोर्डमा आइपीओ बिक्रीका लागि अनुमति मागेको थियो । अन्य समूह अन्तर्गत आवेदन दिएको ३२ महिना पछि कम्पनीले आईपीओ निष्काशनको स्वीकृति पाएको हो ।
प्रतिक्रिया