काठमाडौं । एनसेल प्रयोगकर्ताले अब प्रत्येक १०० रुपैयाँ र सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् ।
एनसेल एपमार्फत १०० देखि २०० रुपैयाँसम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले १ दिनको लागि २०० एमबी बोनस डेटा पाउँछन् । यस्तै, २०० वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा ३ दिनको लागि ५०० एमबी बोनस डेटा पाइने कम्पनीले जनाएको छ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस पाइँदैन ।
बोनस अफरले प्रयोगकर्तालाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिन्छ । एनसेल एपमार्फत प्रयोगकर्ताहरूले सजिलै डेटा वा भ्वाइस प्याक, सधैं अन प्याकहरु, सधैं अन रिन्यूअल प्याकहरु लिन, अन लाइन रिचार्ज गर्न सक्छन्,।
एपमा अनलाइन तथा अफलाइन गेमहरू, अनलाइन समाचारहरूको उपलब्धता, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवा लगायत थुप्रै सेवाहरू समावेश गरेका छ । विदेश जाने एनसेलका ग्राहकहरुले पनि सजिलै रिचार्ज गर्न, प्याक खरिद गर्न र रोमिङ सेवाका साथ सजिलै सम्पर्कमा रहन मद्दत गर्ने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया