काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको डेटा सेन्टरमा आएको समस्याका कारण दर्जनौ सरकारी वेबसाइटहरु डाउन भएका छन् । बिहान ८ बजेबाट २ घण्टाको लागि अवरुद्ध हुने भनिएपनि वेबसाइटहरु अझै सुचारु हुन सकेका छैनन् ।
शुक्रबार बिहानैदेखि सुचना प्रविधि विभाग, राष्ट्रिय सुचना केन्द्र, नेपाल दुरसञ्चार प्राधिकरण, सञ्चार मन्त्रालय, भन्सार विभाग, गोरखापत्र लगायतका मुख्य मुख्य साइटहरु चल्न सकेका छैनन् ।
महत्वपुर्ण साइटहरु नचल्दा सेवाग्राही समस्यामा परेका छन् ।
राष्ट्रिय सुचना प्रविधि केन्द्रमा पावर सप्लाईको समस्या आएका कारण वेबसाइटहरु चल्न नसकेको हुन् । अटोमेटिक ट्रान्सफर स्वीचमा समस्या आएको र मर्मत गर्नपर्ने भएकोले सेवा प्रवाह रोकिएको एकीकृत डाटा व्यवस्थापन केन्द्रले जनाएको छ ।
सिहदरबारमा समस्या आउँदा ब्याकअपको लागि भनेर हेटौडामा रिकभर साइट भए पनि उक्त साइटले समेत काम गर्न सकेको छैन ।
प्रतिक्रिया