काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ । यससँगै सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियाे।
त्यस्तै, चाँदीको मूल्य भने लगातार ४ दिन स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबारसम्म पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१५.१३ अमेरिकी डलर र चाँदी ३२.४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया