काठमाडौँ । अघिल्लो आर्थिक वर्षको ९ महिना (साउन–चैत)मा भन्दा यो आर्थिक वर्षको ९ महिनामा पेट्रोलियम पदार्थको आयात १ करोड ८३ लाख ६५ हजार ६५३ किलोलिटरले बढेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (८१\८२) को ९ महिनामा ४१ करोड २३ लाख १४ हजार ७९० रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । गत आर्थिक वर्ष २०८०\८१ को सोहि अवधिमा ३९ करोड ३९ लाख ४९ हजार १३७ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको थियो ।
यता, विभागको पछिल्लो तिन वर्षको ९ महिनाको तथ्यांक हेर्दा पेट्रोलियम पदार्थको आयात वर्षेनी बढेको देखिन्छ । मात्रात्मक रुपमा हेर्दा सबै भन्दा बढि खाना पकाउने (एलपी) ग्याँस आयात हुने गरेको छ ।
आर्थिक वर्ष ७९\८० मा ४४ अर्ब ८४ करोड ८६ लाख ५१ हजार रुपैयाँको ३८ करोड ७६ लाख ३० हजार ८१८ किलोलिटर एलपी ग्याँस आयात भएको थियो । आर्थिक वर्ष ८०\८१ मा ४१ अर्ब ७६ लाख १६ हजार रुपैयाँको ३९ करोड २३ लाख ६ हजार ३०२ किलोलिटर एलपी ग्याँस आयात भएको थियो । यस्तै चालु आर्थिक वर्षको ९ महिनामा ४६ अर्ब ५८ करोड ७० लाख ६७ हजार रुपैयाँको ४१ करोड ५ लाख ९३ हजार ६२८ हजार किलोलिटर एलपी ग्याँस आयात भएको छ ।
तुलनात्मक रुपमा हेर्दा ७९\८० को भन्दा ८०\८१ मा एलपी ग्याँसको आयात ४६ लाख ७५ हजार ४८५ किलोलिटरले बढेको थियो । यस्तै ८०\८१ मो तुलनामा ८१\८२ मा १ करोड ८२ लाख ८७ हजार ३२६ किलोलिटरले बढेको छ ।
यस्तै, आयात हुने दोस्रो स्थानमा डिजेल आयात भएको छ । आर्थिक वर्ष ७९\८० को ९ महिनामा १ खर्ब १२ अर्ब ४० करोड ८३ लाख ३५ हजार रुपैयाँको ९ लाख ५२ हजार १८ किलोलिटर डिजेल आयात भएको थियो । आर्थिक वर्ष ८०\८१ को सोहि अवधिमा १ खर्ब ३ अर्ब २२ करोड ८४ लाख १५ हजार रुपैयाँको ९ लाख ८६ हजार ९५० किलोलिटर डिजेल आयात भएको थियो । यस्तै चालु आर्थिक वर्षमा ९१ अर्ब २६ करोड ३ लाख ४१ हजार रुपैयाँको १० लाख १३ हजार ३७५ किलोलिटर डिजेल आयात भएको छ ।
डिजेलको आयात पनि आर्थिक वर्ष ७९/८० मा भन्दा ८०\८१ मा ३४ हजार ९३२ र ८०\८१ को तुलनामा ८१\८२ मा २६ हजार ४२५ किलोलिटर बढि आयात भएको छ ।
पेट्रोलियम पदार्थ आयातको तेस्रो स्थानमा पेट्रोल रहेको छ । आर्थिक वर्ष ७९\८० को ९ महिनामा ४९ अर्ब ७४ करोड ७२ लाख २२ हजार रुपैयाँको ४ लाख ९९ हजार ३९ किलोलिटर पेट्रोल आयात भएको थियो । आर्थिक वर्ष ८०\८१ मा ५० अर्ब २५ करोड ३९ लाख १८ हजार रुपैयाँको ५ लाख ६ हजार १५९ किलोलिटर पेट्रोल आयात भएको थियो । चालुआर्थिक वर्षको ९ महिनामा ४७ अर्ब ७७ करोड ६४ लाख ४ हजार रुपैयाँको ५ लाख ४७ हजार ५७४ किलोलिटर पेट्रोल आयात भएको विभागले जनाएको छ ।
आर्थिक वर्ष ७९\८० को भन्दा ८०\८१ मा ७ हजार किलोलिटर बढि आयात भएको थियो भने ८०\८१ को ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ४१ हजार ४१५ किलोलिटरले बढेको छ ।
यस्तै, आर्थिक वर्ष ७९\८० को ९ महिनामा १६ अर्ब ६१ करोड ५५ लाख ९५ हजार रुपैयाँको ५ लाख ७९ हजार ९८४ किलोलिटर हवाई इन्धन आयात भएको थियो । आर्थिक वर्ष ८०\८१ को ९ महिनामा १५ अर्ब ६१ करोड ३७ लाख रुपैयाँको १ लाख ४५ हजार ७२६ किलोलिटर हवाई इन्धन आयात भएको थियो । यस्तै चालु आर्थिक वर्षको सोहि अवधिमा १४ अर्ब ६४ करोड १४ लाख ७१ हजार रुपैयाँको १ लाख ६० हजार २१३ किलोलिटर हवाई इन्धन आयात भएको छ ।
अरु सबै पेट्रोलियम पर्दाथको आयात बढ्दा हवाई इन्धनको आयात भने घटेको देखिन्छ । आर्थिक वर्ष ७९\८० को ९ महिनामा भन्दा आर्थिक वर्ष ८०\८१ मा हवाई इन्धनको आयात ४ लाख ३४ हजार २५८ किलोलिटरले घटेको थियो । तर आर्थिक वर्ष ८०\८१ को तुलनामा ८१\८२ को ९ महिनामा आयात १४ हजार ४८४ किलोलिटरले बढेको छ ।
हवाई इन्धनको आयातमा आर्थिक वर्ष ७९\८० को तुलनामा उल्लेख्य मात्रामा कमि आए पनि कारोबार रकममा तुलनात्मक रुपमा कमि आएको देखिदैन । यसरी हेर्दा हवाई इन्धन बाहेक अरु सबै पेट्रोलियम पदार्थको आयात बढेको छ । हवाई इन्धनको आयात घटे पनि रकम घटेको छैन् ।
प्रतिक्रिया