काठमाडौँ । नेपाली भूगोलका लागि उपयुक्त हुने गरी हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा इभी मार्च २४ देखि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।
हुन्डाई क्रेटा इभीको डिजाइन पेट्रोल र डिजेल संस्करणसँग मिल्दोजुल्दो छ । तर, इलेक्ट्रिक मोडलका लागि केही परिवर्तन गर्दै अझ आकर्षक बनाएको छ ।
हुन्डाई नेपालले ग्राहकको आवश्यकता अनुसार क्रेटा इभी प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको छ ।
क्रेटा इभी ४२ किलोवाट ब्याट्री विकल्पमा उपलब्ध छ । ४२ किलोवाट ब्याट्रीले ३९० किलोमिटर रेन्ज प्रदान गर्न सक्षम छ । ब्याट्री डीसी फास्ट चार्जिङमार्फत १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन ५८ मिनेट मात्र लाग्ने बताइएको छ । यसलाई ११ किलोवाट एसी चार्जरले १० प्रतिशतदेखि १०० प्रतिशतसम्म चार्ज गर्न चार घन्टा लाग्छ ।
अगाडि एल–आकारको कनेक्टेड एलईडी डीआरएल र भर्टिकली स्ट्याक्ड ट्विन एलइडी हेडलाइट समावेश गरिएको छ । यसमा कम्पनीको लोगोको पछाडि चार्जिङ पोर्ट राखिएको छ ।
यसमा १०.२५ इन्चको ड्युअल स्क्रिन र हुन्डाई आयोनिक ५ बाट प्रेरित नयाँ थ्री–स्पोक स्टेयरिङ ह्विल समावेश गरिएको छ । साथै भेइकल टु लोड टेक्नोलोजी, प्यानोरामिक सनरुफ र मल्टिपल ड्राइभिङ मोड जस्ता फिचरले यसलाई अझ विशेष बनाएको छ ।
नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री बितरण गरिरहेको आकर्षक डिजाइन र किफायती मूल्यमा किन्न सकिने क्रेटा इभीमा के के छन् त विशेषता ? भिडियोमा हेरौं ।
प्रतिक्रिया