सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घट्यो


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबारको तुलनामा चाँदीको मूल्य २० रुपैयाँले घटेको हाे । सोमबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३००.३३ अमेरिकी डलर र चाँदी ३२.८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १५ वैशाख २०८२, सोमबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।