काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैशाख १७ गते बुकक्लोज गर्दैछ।
जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
इन्स्योरेन्सले बैशाख २८ गते, रानीमहल बैंकेट प्रा।लि।, ज्ञानेश्वर, काठमाडौँमा बिहान १० बजे २८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
प्रतिक्रिया