काठमाडौँ । स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६७ लाख ३७ हजार ३ सय ७२ पुगेको छ । चालु आर्थिक वर्ष (आव)को फागुनसम्ममा मात्रै ५ लाख ११ हजार २ सय ३९ जनाले स्थायी लेखा नम्बर लिएका छन् ।
अघिल्लो आवको फागुनसम्ममा ४ लाख ९४ हजार ८ सय ६३ जनाले स्थायी लेखा नम्बर लिएका थिए । स्थायी लेखा नम्बर लिनेहरूमध्ये धेरै व्यक्तिगत छन् । यसले करको दायरा क्रमशः बढ्दै गएको देखाएको छ ।
आन्तरिक राजश्व विभागका अनुसार कुल स्थायी लेखा नम्बरमा व्यक्तिगत स्थायी लेखा नम्बरको अनुपात ६९.४ प्रतिशत छ ।
यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बरको हिस्सा ३०.१ प्रतिशत छ भने करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको हिस्सा ०.५ प्रतिशत छ ।
यस अवधिसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ४३ हजार ७ सय ७१ पुगेको छ । यस्तै अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या १ लाख २३ हजार ६ सय ७२ पुगेको छ ।
प्रतिक्रिया