काठमाडौं । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । प्रतिनिधि सभाले सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को पाँच वर्षको लाइसेन्सको अवधिलाई बदलेर १० वर्ष बनाइएको हो । पारित विधेयक अनुसार अब लाइसेन्स नविकरण गर्दा पनि दश वर्षका लागि निवकरण हुनेछ ।
प्रचलित व्यवस्थामा संशोधन गर्दै विधेयकमा भनिएको छ, ‘ दफा ५४ को उपदफा ३ मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दहरूको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्दहरू राखिएका छन् ।’
यो प्रस्तावसहितको विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो ।
यो विधेयक २६ वैशाख २०८० मा यो विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो । दफाबार छलफलका लागि प्रतिनिधि सभाले विषयगत समितिमा २९ भदौ २०८० मा पठाइएको थियो । समितिबाट पास भएर सभामा १४ वैशाख २०८१ मा पुगेको थियो । मंगलबार प्रतिनिधि सभाले पारित गरेको छ ।
उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ ।
प्रतिक्रिया