काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
पार्टी एकीकरणका लागि कार्यक्रमस्थल प्रज्ञा भवन पुगेका चौधरीलाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको हो ।
टीकापुर घटनामा अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको बताइएको छ । सीके राउतको जनमत र रञ्जिता चौधरी नेतृत्वको नाउपा नेतृत्वमा रहेका दुई पार्टीबीच आज एकता हुँदै छ ।
यसैबीच, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरिएको प्रति जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्त्सना गरेका छन् ।
आजै नाउपा र जनमत पार्टीबीच एकता घोषणा हुँदै थियो । तर, चौधरी पक्राउ गरेपछि घोषणा कार्यक्रम स्थगित गरिएको छ ।
प्रतिक्रिया