पेट्रोलियम पदार्थको मूल्य घट्यो


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार अहिले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको मूल्य दुई रुपैयाँ, डिजेल र मट्टितेलको एक रुपैयाँ घटेको छ ।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य एक रुपैया घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १८ वैशाख २०८२, बिहीबार  ०६ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।