सरकारले अध्ययन गरिरहेका विद्यार्थीहरुले पढ्दै कमाउँदै गर्ने कार्यक्रम ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
हालको पठ्यक्रमलाई परिमार्जन गरेर पढ्दै कमाउने नीति लागू गर्न लागिएको पौडेलले बताए ।
विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गर्ने घोषणा पनि उनले गरेका छन् । शिक्षा क्षेत्रका चुनौती सामाना गर्न कानुनी प्रबन्ध गर्ने बताएका राष्ट्रपति पौडेलले संघ, प्रदेश तथा स्थानीय तह र खेल संघको सहकार्यमा स्पोट्र्स स्कूल कार्यक्रम सञ्चालन गरिने पनि उद्घोष गरेका छन् ।
प्रतिक्रिया