काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ हजार ३०० र चाँदी ५५ रुपैयाँले महँगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३६३.५२ अमेरिकी डलर र चाँदी ३३.०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया