स्पाइसले काठमाडौँ–दिल्ली उडान गर्दै


काठमाडौँ । स्पाइस जेटले काठमाडौं–दिल्ली उडान गर्ने भएको छ । स्पाइसले मे १० (वैशाख २७) देखि काठमाडौं–दिल्ली उडान गर्ने भएको हो ।

दिल्लीबाट बोइङ ७३७ काठमाडौं ९ः५५ मा आइपुग्ने तालिका छ । काठमाडौं त्यसको एक घण्टामा डिपार्चर हुनेछ ।

रौनियारका अनुसार, काठमाडौंबाट दिल्ली जान प्रतियात्रु १९ हजार रुपैयाँ पर्नेछ । सन् १९८४ मा सुरु भएको स्पाइस जेट भारतीय बजारमा ‘लो–कस्ट एयरलाइन्स’ भनेर चिनिन्छ ।

प्रकाशित मिति: २३ वैशाख २०८२, मंगलबार  १३ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।