काठमाडौं । नेपाल वायुसेवा निगमको नाइनएन–एबीटी ट्विन–अटर विमान सञ्चालनमा आएको छ । मर्मतमा रहेको उक्त विमान सोमबारबाट नियमित सञ्चालनमा आएको हो ।
विमानको ‘सर्टिफिकेट अफ एयरविथनेस’ सम्पन्न गरी दुईवटै नयाँ इन्जिन परिवर्तनपश्चात् उडानमा आएको हो ।
निगमका नाइनएन–एबीयू र नाइनएन–एबीटी दुईवटा विमानबाट नियमित उडान हुनेछ । दुवै जहाज नियामकीय चेकजाँचपश्चात् नियमित उडानमा रहेको निगमले जनाएको छ ।
अब निगमका प्रत्येक जहाजले दिनमा चार उडान गर्ने बताइएको छ ।
प्रतिक्रिया