पर्यटनको विकास र प्रवर्द्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्न सक्छन् : अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकास र प्रवर्द्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्नसक्ने दाबी गरेका छन् । सोमबार नवलपुरको गैँडाकोटमा निर्माण गरिएको इला होटेल तथा आइएमई हस्पिटालिटीको उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपालको निजी क्षेत्र पर्यटनमा चमत्कारिक रूपमा विकास गर्न सक्षम भएको बताएका हुन् ।

विदेशी पर्यटक नेपालमा औसत १२ दिन बस्ने र दैनिक ५० डलरभन्दा कम खर्च गर्ने गरेको उनको भनाइ छ । पर्यटकले गर्ने खर्च र बसाइँ अवधि लम्ब्याउन ठूला पूर्वाधार निर्माण गर्नुपर्ने उल्लेख गरे ।

नेपालमा भएका प्राकृतिक सम्पदामा इच्छाशक्ति र प्रविधि जोडेर पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड उनले जोड दिए । उनले नेपालमा पर्यटकीय पूर्वाधारको कमीका कारण विदेशी पर्यटकको खर्च तथा बसाइँ अवधि छोटिएको बताए ।

नेपाल सरकारले निजी क्षेत्रसँग सहजीकरण र साझेदारीको नीति लिन सके पर्यटकीय क्षेत्रबाट छिट्टै आर्थिक विकास गर्न सक्ने बताए ।

प्रकाशित मिति: ३१ वैशाख २०८२, बुधबार  ०६ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।