सेनाले करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्ने


काठमाडौँ । नेपाली सेनाले करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्ने भएको छ । शुक्रबार सुचना निकालेर विभिन्न ठाँउको लागि फरक फरक पदमा कर्मचारी भर्ना गरिने जनाएको हो ।

सेनाका अनुसार वीरेन्द्र अस्पताल छाउनीको लागि क्लिनिकल फिजियोलोजिस्ट र कार्डियोलोजिस्ट १।१ जना मागेको छ ।

फिजिसियन, स्टाफ नर्स आटी र स्टाफ नर्स ल्याबमा २।२ जना माग गरेको छ । यस्तै स्टाफ नर्स हेमोडाईलाइसिस, न्यूरोसर्जन, जनरलसर्जन र एनेस्थेसियामा १।१ जना भर्ना गरिने जनाएको छ ।

सैनिक अस्पताल ईटहरी, सैनिक अस्पताल नेपालगञ्ज, सैनिक अस्पताल पोखराको लागि १।१ जना मेडिकल अफिस र फिल्ड अस्पताल धनगडीको लागि १ जना एमडीजीपी माग गरेको छ ।

सेनाले २०८२ जेठ २३ गतेभित्र आवश्यक कागजपत्र संलग्न राखेर आवेदन दिन भनेको छ ।

थप जानकारीको लागि नेपाली सेनाको वेभसाइट www.nepalarmy.mil.np मा हेर्न सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ९ जेठ २०८२, शुक्रबार  १२ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।