काठमाडौँ । मालपोत कार्यालय बाँकेमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे सहित ३ जना घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल र सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले पाण्डे सहित लेखापढी व्यावसायी शान्ती पुन र व्यवसायी घनश्याम तिवारीलाई पक्राए गरेको हो ।
पाण्डेले लेखापढी व्यवसायी मार्फत सेवाग्रहीबाट २० हजार रुपैयाँ घुस लिएर व्यवसायी तिवारीलाई राख्न दिएको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।
उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया