विदेशी ट्वाइलेट पेपर आयातमा बाहिरियो २ करोड, १० महिनामा ८ देशबाट भित्रियो


काठमाडौँ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१\८२ को १० महिनामा नेपालले ७४ हजार ४४ केजी ट्वाइलेट पेपर २ करोड १४ लाख ५८ हजार रुपैयाँमा आयात गरेको छ ।

नेपालले यो अवधिमा सबैभन्दा बढी चिनबाट २७ हजार २०६ केजी ट्वाइलेट पेपर ८० लाख बराबरको आयात गरेको छ ।

यस्तै दोस्रोमा इन्डोनेसियाबाट १८ हजार ८८८ केजी ट्वाइलेट पेपर ५७ लाख ९९ हजार रुपैयाँको आयात भएको छ ।

यस्तै भारतबाट ३५ लाख ४० हजार रुपैयाँको १३ हजार ९९६ केजी ट्वाइलेट पेपर आयात हुँदा टर्कीबाट ६ हजार ८७ केजी ट्पाइलेट पेपर आयातमा २२ लाख ७ हजार रुपैयाँ बाहिरिएको छ ।

यसैगरी, मलेशियाबाट १४ लाख ३ हजार बराबरको ५ हजार ४७२ केजी पेपर आयात भएको छ भने बंगलादेशबाट १ हजार ८२६ केजी ३ लाख ३ हजार रुपैयाँमा आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

यता, बेलायतबाट १ लाख ९६ हजार रुपैयाँ बराबरको ४५३ केजी ट्वाइलेट पेपर आयात हुँदा थाइल्याण्डबाट ९ हजार रुपैयाँको ११७ केजी पेपर आयात भएको छ ।

यस्तै गत आर्थिक वर्षको साहि अवधिमा २ करोड २२ लाख २५ हजार रुपैयाँको ७६ हजार रुपैयाँको ट्वाइलेट पेपर आयात हुँदा सबैभन्दा बढी चिनबाट १ करोड ४ लाख २१ हजार रुपैयाँको ३६ हजार ८१९ केजी ट्वाइलेट पेपर आयात भएको थियो । इन्डोनेसियाबाट १७ हजार ८६४ केजी ट्वाइलेट पेपर ५८ लाख ३८ हजार रुपैयाँमा आयात भएको थियो भने भारतबाट २८ लाख ८८ हजार रुपैयाँको १० हजार ८५१ केजी आयात भएको थियो ।

यसैगरी, १० महिनाको अवधिमा मलेशियाबाट ३० लाख ५७ हजार रुपैयाँको १० हजार ४९० केजी ट्वाइलेट पेपर आयात हुँदा थाइल्याडबाट २१ हजार रुपैयाँको ६० केजी ट्वाइलेट पेपर आयात भएको थियो ।

यस्तै अघिल्लो आव २०७९\८० मा २ करोड ३६ लाख ६१ हजार रुपैयाँमा ७९ हजार ८७० केजी ट्वाइलेट पेपर आयात भएको थियो । उक्त आवमा सबैभन्दा बढी मलेशियाबाट आयात भएको विभागले जनाएको छ ।

यो अवधिमा मलेशियाबाट १ करोड ३३ लाख ९५ हजार रुपैयाँको ३९ हजार ६७१ केजी ट्वाइलेट पेपर आयात हुँदा चिनबाट ५७ लाख १४ हजार रुपैयाँको १९ हजार १८ केजी ट्वाइलेट पेपर आयात भएको थियो ।

भारतबाट २० हजार ९८३ केजी ट्वाइलेट पेपर ४५ लाख ९ हजार रुपैयाँको आयात भएको थियो । थाइल्याण्डबाट १२० केजी ट्वाइलेट पेपर ४१ हजार रुपैयाँको आयात भएको थियो ।

प्रकाशित मिति: ११ जेठ २०८२, आइतबार  ११ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।