कर विवरण नबुझाउने हजारौं करदाताको दर्ता निलम्बन


काठमाडौँ । कर विवरण नबुझाएका हजारौं करदाताको मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता एकसाथ निलम्बन भएको छ ।

आन्तरिक राजस्व विभागले कर नबुझाउने करदातालाई यसअघि कर बुझाउन १५ दिने अन्टिमेटम दिएको थियो । सूचनामा आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी कारोबार नियमित गर्न भनिएको थियो । तर, १५ दिनभित्र कर बुझायन नआएका करदाताको कर निलम्बन गरेको हो ।

विभागले सार्वजनिक सूचना प्रकाशित गरी लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरेको छ।

विभागको ९ जेठको निर्णय अनुसार भ्याट दर्ता निलम्बन गरिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ । विभागले यस्ता करदाताको नाम वेबसाइट मार्फत सार्वजनिक समेत गरेको छ ।

विभागले यसरी निलम्बनमा परेका करदातासँग खरिद–बिक्री नगर्न भनेको छ । विभागले यसरी दर्ता निलम्बन भएका करदाताले कर विवरण पेस गरी कारोबार नियमित गरी दर्ता गर्न चाहे सबै अवधिको कर विवरण पेस गरेपछि ‘सस्पेन्डेड लिस्ट’ बाट स्वतः हट्ने व्यवस्था गरेको छ । निलम्बन भएका करदाताको निलम्बन रहेको अवधिसम्म निकासी र पैठारी सम्बन्धी सबै कारोबार रोक्न हुने जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: १२ जेठ २०८२, सोमबार  ०७ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।