काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १६३ देशसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये १२८ देशसँग घाटा व्यहोरेको छ भने ३४ देशसँग मात्र फाइदाको व्यापार गरेको छ । फाइदाको व्यापार गरेको देशहरुमा पनि नगन्य मात्रामा वस्तु तथा सामान निर्यात गरेको छ ।
१० महिनामा नेपालले १२८ देशमा वस्तु तथा सामान निर्यात गरेको छ भने अन्य ३५ देशमा निर्यात शुन्य रहेको छ ।
नेपालले बैशाख महिनासम्म १४ खर्ब ७४ अर्ब १८ करोड २ लाख ९७ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ भने २ खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार निर्यात गरेको छ । उक्त तथ्यांक हेर्दा नेपालले १२ खर्ब ५६ अर्ब २७ करोड ७२ लाख ३ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।
नेपालको व्यापार सम्बन्ध भएको १६३ देशहरुमध्ये सबैभन्दा बढी घाटाको व्यापार भारतसँग छ ।
भारतसँग आयात ८ खर्ब ० अर्ब ५२ करोड ३९ लाख ८७ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात रहेको छ भने १ खर्ब ७६ अर्ब ६ करोड ३१ लाख ४९ हजार रुपैयाँको निर्यात भएको छ । जस अनुसार ७ खर्ब ४ अर्ब ४६ करोड ८ लाख ३ हजार रुपैयाँ घाटा भएको छ ।
त्यसैगरी, भारत पछि घाटाको व्यापार रहेको अर्को देश चीन हो । चीनसँगको व्यापारमा २ खर्ब ७४ अर्ब ७५ करोड ३७ लाख ५५ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालले चीनबाट २ खर्ब ७७ अर्ब १४ करोड ४७ लाख ४६ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गर्दा २ अर्ब ३९ करोड ९ लाख ९१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।
यस्तै, चीन पछि धेरै व्यापारको घाटा रहेको मुलुक अर्जेन्टिना हो । अर्जेन्टिनासँग ७२ अर्ब १३ करोड ४ लाख २९ हजार बराबरको व्यापार घाटा गरेको छ ।
अर्जेन्टिनासँग ७२ अर्ब १३ करोड ३४ लाख ५६ हजार रुपैयाँको आयात गर्दा ३० लाख २७ हजार रुपैयाँको मात्र निर्यात भएको छ ।
त्यस्तै, अर्जेटिना पछि अर्को व्यापार घाटा रहेको मुलुक युक्रेन हो । युक्रेनसँग २२ अर्ब ९० करोड ४२ लाख ७२ हजार रुपैयाँ बराबरको घाटाको व्यापार गरेको छ ।
युक्रेनसँग नेपालले २२ अर्ब ९० करोड ९० लाख ३७ हजार रुपैयाँको आयात गर्दा ४७ लाख ६५ हजार रुपैयाँको मात्र निर्यात गरेको छ ।
त्यसैगरी, नेपालले संयुक्त अरबसँगको व्यापारमा २१ अर्ब ८२ करोड ८६ लाख ६५ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।
संयुक्त अरबसँग २४ अर्ब १२ करोड २२ लाख २३ हजार रुपैयाँको आयात गर्दा निर्यात भने २ अर्ब २९ करोड ३५ लाख ५८ हजार रुपैयाँको मात्र भएको छ ।
त्यस्तै, संयुक्त अरब पछि व्यापार घाटा भएकोे मुलुक अष्ट्रेलिया हो । अष्ट्रेलियासँगको व्यापारमा १५ अर्ब ६३ करोड ४६ लाख ३५ हजार रुपैयाँ घाटा भएको छ ।
अष्ट्रेलियासँग १७ अर्ब ९ करोड ३४ लाख ११ हजारको आयात हुँदा १ अर्ब ४५ करोड ८७ लाख ७७ हजार रुपैयाँको मात्र निर्यात भएको छ ।
त्यस्तै, थाइल्यान्डसँगको व्यापारमा नेपालले ११ अर्ब ३२ करोड ५४ लाख ४२ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको छ ।
थाइल्यान्डसँग ११ अर्ब ३७ करोड ३३ लाख २६ हजार रुपैयाँको आयात गर्दा निर्यात भने ४ करोड ७८ लाख ८४ हजार रुपैयाँको मात्र निर्यात भएको छ ।
त्यसैगरी, मलेसियासँगको व्यापारमा ११ अर्ब ३० करोड ९ लाख २५ हजार रुपैयाँको घाटा भएको छ । मलेसियासँग ११ अर्ब ४६ करोड ७० लाख ७९ हजार रुपैयाँको आयात हुँदा १६ करोड ६१ लाख ५५ हजार रुपैयाँको मात्र निर्यात भएको हो ।
त्यसैगरी, मलेसिया पछि व्यापार घाटा भएको मुलुक इन्डोन्एसीया हो । इन्डोन्एसीयासँगको व्यापारमा ११ अर्ब २५ करोड ६३ लाख ५१ हजार रुपैयाँको घाटा भएको छ ।
इन्डोन्एसीयासँग ११ अर्ब ५६ करोड १२ लाख ३५ हजार रुपैयाँको आयात गर्दा निर्यात भने ३० करोड ४८ लाख ८४ हजार रुपैयाँको मात्र भएको छ ।
त्यस्तै अर्को मुलुक ब्राजिलसँगको व्यापारमा ९ अर्ब ७४ करोड २७ लाख ९४ हजार रुपैयाँ घाटा भएको छ । ब्राजिलसँग ९ अर्ब ७६ करोड ९५ लाख १० हजार रुपैयाँको वस्तु तथा सामान आयात गर्दा २ करोड ६७ लाख १६ हजार रुपैयाँको मात्र निर्यात गरेको छ ।
त्यसैगरी, सबैभन्दा कम व्यापार घाटा हुने गरेको मुलुक उजबेकिस्तान र सेन्ट्रल अफ्रिकन रिपब्लिक हो ।
उजबेकिस्तानसँगको व्यापारमा ४ हजार रुपैयाँ घाटा भएको छ । उजबेकिस्तानसँग १ करोड ४९ लाख १४ हजार रुपैयाँको वस्तु तथा सामान आयात गर्दा १ करोड ४ लाख ३० हजार रुपैयाँको निर्यात भएको छ ।
त्यस्तै, सेन्ट्रल अफ्रिकन रिपब्लिकसँगको व्यापारमा ६ हजार रुपैयाँ मात्र व्यापार घाटा भएको छ । सेन्ट्रल अफ्रिकन रिपब्लिकसँग १ लाख ५७ हजार रुपैयाँको आयात गर्दा १ लाख ५१ हजार रुपैयाँको निर्यात भएको छ ।
यता, फाइदाको व्यापार गरेको देशहरु मध्ये सबैभन्दा धेरै फाइदा भएको मुलुक डेनमार्क हो । डेनमार्कसँगको व्यापारमा २५ करोड ९७ लाख ९३ हजार रुपैयाँ नाफा भएको छ ।
डेनमार्कसँग ३१ करोड ८४ लाख ८३ हजार रुपैयाँको वस्तु तथा सामान आयात गर्दा ५७ करोड ८२ लाख ७७ हजार रुपैयाँको निर्यात गरेको छ ।
नाफामा रहेको मुलुक डेनमार्क पछि अर्को रुसीएन हो । रुसीएनसँगको व्यापारमा ५ करोड ९२ लाख ६० हजार रुपैयाँको नाफा गरेको छ । नेपालले रुसीएनसँग १० करोड ५१ लाख ९५ हजार रुपैयाँको आयात गर्दा १६ करोड ४४ लाख ५५ हजार रुपैयाँको निर्यात गरेको छ ।
त्यसैगरी, रुसीएन पछि अर्को मुलुक आइसल्याण्ड हो । आइसल्याण्डसँगको व्यापारमा २ करोड १२ लाख ४० हजार रुपैयाँ नाफा भएको छ ।
आइसल्याण्डसँग १ लाख ५७ हजार रुपैयाँको वस्तु तथा सामान आयात गर्दा २ करोड १३ लाख ९७ हजार रुपैयाँको निर्यात गरेको छ ।
नेपालले आइसल्याण्ड पछि लाओसँगको व्यापारमा नाफा भएको छ । लाओसँगको व्यापारमा २ करोड २ लाख ३ हजार रुपैयाँको नाफा भएको छ । नेपालले लाओसँग ६९ लाख ४४ हजार रुपैयाँको आयात गर्दा २ करोड ७१ लाख ४७ हजार रुपैयाँको निर्यात गरेको छ ।
त्यसैगरी, अर्को मुलुक माल्दिभ्ससँगको व्यापारमा १ करोड ५५ लाख ८७ हजार रुपैयाँ नाफा भएको छ । माल्दिभ्ससँग १ लाख ३६ हजार रुपैयाँको आयात गर्दा १ करोड ५७ लाख २३ हजार रुपैयाँको निर्यात भएको छ ।
प्रतिक्रिया