प्रमुख प्रशासकीय अधिकृत सहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


काठमाडौँ । नवराज गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत सहित १३ जना विरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

आयोगले गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा डीपीआर तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मा सार्वजनिक खरिद सम्बन्धी प्रक्रिया र नियम पालना नगरेको, गुणस्तरीय काम नगरेको र भुक्तानी रकममा अनियमितता भएको उल्लेख गरेको छ ।

आयोगले प्रशासकीय अधिकृत कुसियैत सहित इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जय नारायण यादव, लेखापाल सोम प्रसाद आचार्यसँग समान ३४ लाख ३९ हजार १८९ रुपैयाँ बिगो र सजाय मागदाबी गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दिपेँद्र कुमार यादव र कोषाध्यक्ष कोशीला देवी यादव सँग समान ३३ लाख ३४ हजार १८९ रुपैयाँ बिगो र सजाय माग गरेको छ ।

यस्तै गाउँपालिका अध्यक्ष विश्र मोहन यादव, उपाध्यक्ष शोभा कुमारी, वडा अध्यक्षहरु म्दन याादव र मनोज कुमार यादव, शाखा प्रमुख रमेश कुमार निधि र जिन्सी प्रमुख संजय यादवलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति: १४ जेठ २०८२, बुधबार  ११ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।