काठमाडौँ । कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ ।
आइतबार नेप्से परिसुचक १७.४४ अंकले बढेर २६९३.०६ अंकमा पुगेको हो ।
आइतबार कारोबारमा आएका ३२३ वटा कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर ७७ हजार ३१६ पटक किनबेच हुँदा ८ अर्ब ५८ करोड ६० लाख ४ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार ओम मेगाश्री फर्मास्युटिकल्स, पिअर इनर्जी, ग्रीन डेभलपमेन्ट बैंक र भुगोल इनर्जीको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ । अरुण काबेली पावरको सेयर मूल्य ५.८९ प्रतिशतले बढेको छ ।
यता, समग्र बजार बढ्दा पनि बाराही हाइड्रोपावरको सेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर ५.१० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको सेयर ४.०८ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको सेयर ३.९१ प्रतिशत र सनराइन फोक्स्ड इक्वुटीको सेयर २.९७ प्रतिशतले घटेको छ ।
समूहगत आधारमा हेर्दा बिकास बैंक समूह ७१.२८ अंकले बढेको छ । होटल तथा पर्यटन समूह ५४.९३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४७.७० अंकले, जलविद्युत समूह ३०.७३ प्रतिशत, बैंकिङ्ग समूह २६.२७ अंकले बढेको छ ।
जीवन बीमा समूह सबैभन्दा बढी ३२.५६ अंकले घट्दा लघुवित्त समूह १२.६१ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा न्यादी ग्रुपको १ अर्ब ५ करोड ७३ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएको सेयर संख्या र कारोबार संख्याका आधारमा २६ लाख ३१ हजार ५६४ कित्ता सेयर ६ हजार ४५० पटक किनबेच भएको छ ।
यो सँगै आइतबार कुल सेयर बजार पुँजीकरण ४४ खर्ब ८३ अर्ब ८० करोड ४१ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया