काठमाडौँ । लगानीकर्तामा आशा देखिन नसक्दा सेयर बजार परिसुचक नेप्से लगातार ओरालो यात्रामा छ ।
कारोबारको अन्तिम दिन बिहिबार ५.९९ अंकले घटेर २६४०.९६ अंकमा पुगेको हो ।
बुुधबार नेप्से ११.९७ अंकले घटेर २६४६.९५ अंकमा पुगेको थियो ।
बिहिबार कारोबारमा आएका ३११ वटा कम्पनीको १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर ७७ हजार ६७० पटक किनबेच हुँदा ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहिबार हाइड्रोपावर समूह ४२.३२ अंकले र लगानी समूह ०.०१ अंकले बढ्दा अरु सबै उपसुकमा गिरावट आएको छ ।
समग्र बजार आरोलो लाग्दा पनि रिभर फल्स पावर, बुटवल पावर कम्पनी, पियोर इनर्जी र बरुण हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.५० प्रतिशतले बढेको छ ।
यता, ओम मेगाश्री फमास्युटिकल्सको सेयर मूल्य ९.३० प्रतिशतले घटेको छ । ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.९० प्रतिशत, एनएमबी ५० को सेयर मूल्य ३.६७ प्रतिशत, सुपर माई हाइड्रोपावरको सेयर मूल्य ३.५५ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य ३.४७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रादी विद्युतको ९१ करोड २३ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका इकाइ संख्याको आधारमा युनिभर्सल पावर १४ लाख ५ हजार ४०५ इकाइको कारोबार सहित शीर्षस्थानमा छ । कारोबार संख्याको आधारमा ओम मेगाश्री फर्मास्युटिकल्स ८ हजार ८०५ पटकको कारोबार सहित शीर्षस्थानमा छ ।
बिहिबार कुल बजार पुँजीकरण ४३ खर्ब ९९ अर्ब १ करोड ११ लाख ८५ हजार कायम भएको छ ।
प्रतिक्रिया