सुनको मूल्य ६०० रुपैयाँले घट्यो, चाँदी हालसम्मकै उच्च विन्दुमा


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, मंगलबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य हालसम्मकै उच्च हो । सोमबार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३०४.९७ अमेरिकी डलर र चाँदी ३६.५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २७ जेठ २०८२, मंगलबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।