वैशाखमा भित्रियो हालसम्मकै उच्च रेमिट्यान्स


काठमाडौं । वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन हालसम्म कै उच्च हो । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

चालु आवको वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएसँगै वैशाख मसान्तसम्म अर्थात १० महिनाको अवधिमा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

केन्द्रिय बैंकका अनुसार आर्थिक वर्ष २०८१र८२ को दश महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएको छ ।

पछिल्लो १० महिनामा अमेरिकी डलरमा भित्रने रेमिट्यान्स १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १४.८ प्रतिशतले बढेको थियो । यो अवधिसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब १ अर्ब ७५ करोड रहेको थियो ।

समिक्षा अवधिमा खुद द्धितिय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

यस्तै चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ रहेको थियो ।

प्रकाशित मिति: २७ जेठ २०८२, मंगलबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।