काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार १० महिनामा बैंकहरुको निक्षेप ६.२ प्रतिशतले बढेर ३ अर्ब ९९ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ खर्ब ४३ अर्ब ८ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्ष निक्षेप ७.८ प्रतिशतले बढेको थियो।
यस्तै, वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ ।
२०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.५ प्रतिशत, ३५.९ प्रतिशत र ५०.८ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.० प्रतिशत, २९.१ प्रतिशत र ५९.० प्रतिशत रहेको थियो ।
२०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.४ प्रतिशत रहेको छ । २०८१ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ३५.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया