टिकेन सेयर बजारको उत्साह, बुधबार दोहोरो अंकको गिरावट


काठमाडौँ । लगातार दूई दिन दोहोरो अंकले बढेको सेयर बजार पुरानै लयमा फर्किदा दोहोरो अंकको गिरावट आएको छ । बुधबार सेयर बजार परिसुचक नेप्से १३.६९ अंकले घटेर २६६४.४७ अंकमा पुगेको हो ।

नेप्से परिसुचक सोमबार र मंगलबार क्रमशः २३.१९ अंकले र २५.०७ अंकले बढेको थियो । तर सेयर बजारले उत्साहको लयलाई कायम राख्न नसक्दा बुधबार पुनः ओरालो लागेको छ ।

बुधबार कारोबारमा आएका ३०७ वटा कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर ८१ हजार ७०३ पटक ९ अर्ब ९० करोड ७० लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

समग्र सेयर बजार घट्दा पनि बुटवल पावर, पिओर इनर्जी र स्यानर्जी पावर डेभलपमेन्टको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ । रिभर फल्सको सेयर मूल्य ७.९४ प्रतिशत र गुँरास लघुवित्तको सेयर मूल्य ७.१४ प्रतिशतले बढेको छ ।

यता, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.८३ प्रतिशतले घटेको छ । स्वाभिमान लघुवित्तको सेयर मूल्य ३.९४ प्रतिशत, बोट्लर्स नेपालको सेयर मूल्य ३.८९ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.६५ प्रतिशत र बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य ३.६४ प्रतिशतले घटेको छ ।

समूहगत आधारमा जलविद्युत समूह ४०.८४ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।

कारोबार रकमका आधारमा रादी विद्युत कम्पनी ६१ करोड ५७ लाख १७ हजार रुपैयाँको कारोबार सहित अग्र स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा हाइड्रोइलेक्ट्रिसिटि इनभेष्टमेन्ट डेभलपमेन्ट १० लाख ८९ हजार ५४८ इकाईको कारोबार सहित शीर्षस्थानमा छ । कारोबार संख्याको आधारमा बुटवल पावर ३ हजार २०८ पटकको कारोबार सहित शीर्षस्थानमा छ ।

यो कारोबारसँगै कुल पूँजीकरण ४४ खर्ब ३८ अर्ब १७ करोड ५० लाख रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: २८ जेठ २०८२, बुधबार  १५ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।