बर्खाको त्रास : काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, १४ जिल्लामा ‘एल्लो वारेन्ट’


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित ३७ जिल्लामा बाढीको जोखिम रहेको जानकारी दिएको छ ।

महाशाखाले आइतबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार काठमाडौँ उपत्यकाका ३ जिल्लासहित ३७ जिल्लामा बाढीको जोखिम छ । यस्तै विभिन्न १४ जिल्लामा एल्लो वारेन्ट जारी गरेको छ ।

इलाम, झापा, मोरङ, सनुसरी, धनुषा, धनकुटा, भोजपुर,, उदयपर, सिन्धुली, खोटाङ, काठमाौँ, ललतिपुर, भक्तपुर, काभ्र, तेह्रथमु, ओखलढुङ्गा, ,मकवानपुर, गुल्मी, पाल्पा, सल्यान, गोरखा, तनहु, स्याङजा, लमजुङ,, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, बैतडी, दाचुर्ला, बझाङ, डोटी, डडेलधुरा, बाँके, बर्दिया कैलाली, कञ्चनपुर रआसपासका जिल्ला भई बहने नदी तथा खोलामा बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, ललितपुर, भक्तपुर, काभ्रे, धनकुटा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, कैलाली र कञ्चननपुर जिल्लालाई एल्लो वारेन्ट दिएको छ।

आगामी ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन भनेको छ ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।