काठमाडौँ । मनसुनी वर्षा सुरु भएसँगै बाढी र पहिरोको कहर पनि सुरु भएको छ । शनिबार राति परेकाे पानीपछि बाढी र पहिरोका कारण देशका विभिन्न ५ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने एउटा सडक एकतर्फी मात्र सञ्चालनमा छ ।
नेपाल प्रहरीले आइतबार बिहान १० बजे जारी गरेको अपडेटअनुसार ललितपुरको आश्रांगदेखि गिम्दी जाने सडक पूर्ण रूपमा अवरुद्ध छ ।
यस्तै कोसी प्रदेशको धनकुटाको रवि–राँके–भेडेटार सडक र खोटाङको दिक्तेल-गाईघाट सडक पूर्ण रूपमा अवरुद्ध छन् । खोटाङमै मध्यपहाडी राजमार्गको हलेसी खण्ड एकतर्फी सञचालनमा छ ।
यस्तै मकवानपुरको भीमफेदीमा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध छ भने सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा अरनिको राजमार्ग पनि पूर्ण अवरुद्ध छ ।
प्रतिक्रिया