काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा सामान्य अंकको सुधार आएको छ । सोमबार नेप्से परिसुचक २.८० अंकले बढेर २६५८.६६ अंकमा पुगेको हो ।
यो सँगै कारोबार रकम पनि १३ अर्ब रुपैयाँ नाघेको छ ।सोमबार कारोबारमा आएका ३१८ वटा कम्पनीको ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर १ लाख ५ हजार ६३५ पटक किनबेच हुँदा १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार पियोर इनर्जी र पिपुल्स पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.३७ प्रतिशत, सोल्टी होटलको सेयर मूल्य ६.३० प्रतिशत र सनराइज फस्ट म्याचुअल फण्डको सेयर मूल्य ६.०७ प्रतिशतले बढेको छ ।
यता, उपरहेवाखोला हाइड्रोपावरको सेयर मूल्य ७.५८ प्रतिशतले घटेको छ । श्री इन्भष्टमेन्ट फाइनान्सको सेयर मूल्य ६.३३ प्रतिशत, स्यानर्जी पावरको सेयर मूल्य ४.८४ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ४.३५ प्रतिशत र माउन्टेन इनर्जीको सेयर मूल्य ४.०४ प्रतिशतले घटेको छ ।
समूहगत आधारमा होटेल तथा पर्यटन समूह ३२३.३७ अंकले बढेको छ । निर्जीवन बीमा समूह ३१.१८ अंकले, लघुवित्त समूह २७.८४ अंकले, विकास बैंक समूह १५.८६ अंकले र जीवन बीमा समूह १५.५७ अंकले बढेको बजारमा अरु सबै उपसुचकमा गिरावट आएको छ ।
कारोबार रकमका आधारमा सानीमा माई हाइड्रोपावर ९५ करोड १६ लाख २२ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा हिमालयन ८०–२० २७ लाख १ हजार ८०० इकाईको कारोबार सहित शीषृ स्थानमा रहँदा कारोबार संख्याको आधारमा ङ्यादी ग्रुप पावर ४ हजार ७७५ पटकको कारोबार सहित शीर्ष स्थानमा छ ।
यो कारोबार सँगै कुल बजार पुँजीकरण ४४ खर्ब २९ अर्ब ४६ करोड ७४ लाख ५० हजार रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया