निवर्तमान गभर्नर अधिकारीकै हस्ताक्षर भएको नयाँ नोट प्रचलनमा


काठमाडौँ । राष्ट्र बैंकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको १० रुपैयाँ दरको नोट प्रचलनमा ल्याएको छ ।

अधिकारी राष्ट्र बैंकबाट अवकाशमा गएको दुई महिना बढी भइसकेपछि अधिकारीकै हस्ताक्षर भएको नोट प्रचलनमा आएको हो ।

राष्ट्र बैंकले साविककै आकारमा संकेत नं.द ३२ ०००००१ देखि प ९४. ९९९९९९ सम्मको रु १० को नोट सोमबार देखि प्रचलनमा ल्याएको छ ।

नोटमा बायातर्फ सगरमाथा र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा कृष्णसारको चित्र रहने बैंकले जनाएको छ ।

अधिकारी २०८१ चैत २५ गते राष्ट्र बैंकबाट अवकाश भएका थिए । राष्ट्र बैकको १८ औं गभर्नरमा विश्र पौडेल नियुक्त भएको पनि लगभग एक महिना पुगेको छ ।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार  १३ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।