काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से ३.९० अंकले घटेर २६५४.७५ अंकमा पुगेको हो ।
यो सँगै कारोकबार रकममा पनि साढे ५ अर्बको गिरावट आएको छ । मंगलबार कारोबारमा आएका ३०६ वटा कम्पनीको १ करोड ६४ लाख ७७५ कित्ता सेयर ७० हजार ७७ पटक किनबेच हुँदा ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार नेप्से २.८० अंकले बढेर २६५८.६६ अंकामा पुग्दा कारोबार रकम १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।
मंगलबारको कारोबार रकम सोमबारको तुलनामा ५ अर्ब ५३ करोड ३६ लाख ९६ हजार रुपैयाँले गिरावट आएको छ ।
मंगलबार पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बुटवल पावरको सेयर मूल्य ७.७३ प्रतिशत, सामुदायीक लघुवित्तको सेयर मूल्य ७.१३ प्रतिशत, उपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ५.२८ प्रतिशत र बिन्ध्यवासीनी हाइड्रोपावरको सेयर मूल्य ५.१६ प्रतिशतले बढेको छ ।
यता, गार्जीयन माइक्रो फाइनान्सको सेयर मूल्य ४.६२ प्रतिशतले घटेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.९४ प्रतिशत, सिन्धू विकास बैंकको सेयर मूल्य ३.७७ प्रतिशत, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ३.२१ प्रतिशतले र ओरिएटल होटेलको सेयर मूल्य २.८७ प्रतिशतले घटेको छ ।
समूहगत आधारमा हेर्दा लघुवित्त समूह ५१.७७ अंकले बढेको छ । जलविद्युत समूह ९.८५ अंकले र व्यापार समूह ५.०४ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।
कारोबार रकमका आधारमा सानीमा माई हाइड्रोपावर ७४ करोड ९६ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि सानीमा माई हाइड्रोपावर ११ लाख ६१ हजार ८७९ पटकको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबार संख्याको आधारमा बुटवल पावर ३ हजार १६ पटकको कारोबार सहित शीर्ष स्थानमा छ ।
मंगलबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४४ खर्ब २२ अर्ब ९६ करोड ३२ लाख ५१ हजार रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया