सुनको भाउ बढ्यो, चाँदी हालसम्मकै उच्च विन्दुमा


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो ।

बुधबार चाँदी एकैदिन ६५ रुपैयाँले बढेसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य हालसम्मकै उच्च हो । मंगलबार चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३९३.८१ अमेरिकी डलर र चाँदी ३७.२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।