सुनको मूल्यमा गिरावट, चाँदीमा भने वृद्धि

सुनको मूल्यमा गिरावट, चाँदीमा भने वृद्धि

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो । चाँदी भने तोलामा २० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३५०.६ अमेरिकी डलर र चाँदी ३८.१९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ साउन २०८२, बुधबार १० : ४० बजे