कोलकातामा अब साताको चार दिन उडान हुने

कोलकातामा अब साताको चार दिन उडान हुने

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतको कोलकातामा थप चार उडान गर्ने भएको छ । बुद्धले यसअघि साताका तीन दिन उडान गरिरहेकोमा अब चार उडान गर्ने भएको हो ।

नयाँ उडान तालिका १५ नोभेम्बरबाट कार्यान्वयनमा ल्याउन लागिएको बुद्धले जनाएको छ । अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ ।

 

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार १३ : २१ बजे